‘गुमनाम’ रहेकी मञ्जु खाण संसदमा उपस्थित!

डिसी नेपाल
५ जेठ २०८० १८:११
3.8k
Shares

काठमाडौं। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको दायराभित्र रहेकी मञ्जु खाण संसदमा देखिएकी छिन्।

पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेपनि श्रीमती मञ्जु खाँण भने संसदमा देखिएकी हुन्। भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएपछि पति बालकृष्ण खाणलाई समेत भेट्न नगई गुमनाम रहेकी उनी आज भने संसदको संयुक्त बैठकमा देखिएकी छिन्।

पूर्व गृहमन्त्री एवं उनका श्रीमान् बालकृष्ण खाण वैशाख २७ गतेदेखि प्रहरी हिरासतमा छन्। उनी भने फरार जस्तै रहेकी थिइन। कतिपय आरोपीहरुले मञ्जु खाँणको नाम लिएपनि प्रहरीले उनलाई पक्राउ गरेको छैन।

केही दिनअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम शरणार्थी प्रकरणमा जोडिएको छ। प्रहरीले उनलाई सम्पर्क गर्न प्रयास गरे पनि उनी फेला परेकी थिइनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.