गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लियोः विजुक्छें
भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँं नयाँं अपराधीले लिएको बताएका छन्।
गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँं अहिले धेरै राजाहरुले लिएको उनको भनाइ थियो। भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरु नै अपराधी भएको बताए।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरु देशद्रोही अपराधी भएको उनको भनाइ थियो। पटकपटक अपराधी शव्द दोर्याएका उनले एकजना अपराधीको ठाउँंमा धेरै अपराधीहरु हुँंदा देश यो स्थितिमा पुगेको बताए।
एउटा राजाको ठाउँंमा धेरै राजाहरुले ठाउँं लिँदै आएको बताउँंदै आएका उनले अपराधीहरुको संख्या झनझन् बढ्ने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे। उनले भने, ती अपराधीहरुले नै देशलाई, जनतालाई डाेर्याइरहेका छन्। यसकारण जनता सचेत हुनुपर्ने उनको धारणा थियो।







डिसी नेपाल








Facebook Comment