नक्कली भुटानी शरणार्थी प्रकरण

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा थुनछेक बहस जारी

डिसी नेपाल
२१ जेठ २०८० १२:५३
672
Shares

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी, बालकृष्ण खाँण लगाएतको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ।

उक्त प्रकरणमा पक्राउ परेका सवैको आइतबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा मुद्दाको थुनछेक बहस हुने क्रम जारी छ।

थुनछेक बहसका क्रममा दुवै पक्षको बहस सकिएपछि अदालते पुर्पक्षमा पठाउने वा धरौटी अथवा सामान्य तारिकमा छाड्ने भन्नेबारेमा आदेश दिनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहित फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप लगाएतका मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौ अदालतमा मुद्दा दायर गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.