सदनको अवरोध हटाउन सभामुखको पहल, बजेट पारित गर्ने समयसीमा ख्याल गर्न आग्रह

डिसी नेपाल
२२ जेठ २०८० ११:१८
228
Shares

काठमाडाैं।  सभामुख  देवराज घिमिरेले  सदनको अवरोध हटाउने विषयमा छलफल गरेका छन्।

सदन अवरोध हटाउन सभामुखले साेमबार दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका हुन्। प्रमुख विपक्षी सहित विपक्षी दलहरुले आफ्ना कन्सर्नका विषयमा प्रधानमन्त्री र सत्तापक्षका नेताहरुसँग छलफल गर्ने बताएका छन्।

दलहरुबीच आन्तरिक छलफल गर्नुपर्ने भन्दै सचेतकहरु निस्किएका छन्। सभामुखले बजेट पारित गर्ने समयसीमालाई ख्याल गर्न आग्रह गरेका छन्। सभामुख घिमिरेले समय लिएर भएपनि संसद चलाउने विषयमा सहमति गर्न आग्रह गरेका थिए।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा पनि छलफल गरेका छन्। उनले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्नसमेत आग्रह गरेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठक अवरोध भएलगत्तै सभामुखले प्रधानमन्त्री दाहालसँग टेलिफोन संवाद गरेर सो आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

सभामुखले आइतबार साँझ पनि सदनको अवरोध हटाउन सरकारका तर्फबाट पहल गर्न आग्रह गरेका थिए। ‘प्रधानमन्त्रीको भारत भ्रमणका कारण चार दिन व्यतित भइसकेको छ, अझै सदनमा अवरोध हुने हो भने बजेट पारित गर्न समय अभाव हुन्छ,’ प्रधानमन्त्रीलाई सभामुखले भनेका थिए, ‘समयमा नै संवादबाट निकास खोजौं, अब सदन अवरोध भइरहन सक्दैन।’

सभामुखसँगको संवादमा प्रधानमन्त्रीसमेत रहेकाा नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले सदनमा विपक्षीले उठाएको मागबारे आफू जानकार रहेको जनाउँदै आाजको संसदमा आफूले प्रष्टिकरण दिने जनाएका छन्।

‘म एमाले अध्यक्ष केपी शर्मा ओली सहित विपक्षी दलसँग पनि कुरा गर्छु, सरकारका तर्फबाट लचकता र पहल हुन्छ,’ प्रधानमन्त्रीले सभामुखलाई विश्वस्त तुल्याउँदै भनेका छन्।

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही मार्फत विपक्षी दलहरुलाई बजेट पारित गर्ने समयसीमा बुझिदिन आग्रह गरेका छन्।

भारत भ्रमण जानु अघि नागरिकता बिधयेक प्रमाणित गरेकाे तथा सिमा बिबाद मिलाउनका लागि ब‌‌गलादेश जाने सहज बाटाे दिए भारतसँग कालापानी साटन मन्जुर रहेकाे जनाए पछि एमालेलगायत प्रतिपक्ष दलले प्रधानमन्त्रीकाेा जवापः माग गर्दै हिजाेवाट सदन अबरुद्ध गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.