नेपाल रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

डिसी नेपाल
३० जेठ २०८० ९:३०
104
Shares

काठमाडौँ। नेपाल रिपब्लिक मिडियाको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। यस आईपीओमा आज बैंकिंग समयसम्म लगानीकर्ताले आवेदन दिन पाउने छन्।

कम्पनीले जेठ २३ गतेदेखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो। जसअनुसार यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको हो।

यसमध्ये कर्मचारीहरुका लागि ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर छुट्याइएको छ। बाँकी ३५ लाख २५ हजार ९३० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यस कम्पनीले ४ लाख ३५ हजार ३ सय कित्ता आईपीओ खुल्ला गरिसकेको छ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल रहेका छन्। यस आईपीओमा लगानीकर्ता न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यस आइपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको जनाउने ‘आइआरएन बी प्लास रेटिङ’ प्रदान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *