३४.१७ अंकले बढ्यो नेप्से, ४ अर्ब १२ करोड माथिको कारोबार

डिसी नेपाल
३० जेठ २०८० १५:१५
168
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.५२ अंकले बढेर ३७९.८७ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७० कम्पनीको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज २७ करोड ६६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा वेन नेपाल लघुवित्त र भूगोल इनर्जीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, प्रभु स्मार्ट फण्ड र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *