अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ५० पैसा र बिक्री दर १३२ रूपैयाँ १० पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ६० पैसा र बिक्री दर १३२ रूपैयाँ २० पैसा रहेको थियो।
यता, युरोपियन युरोको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०२ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८९ रुपैयाँ १० पैसा र बिक्रीमा ८९ रुपैयाँ ५० पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९४ पैसा निर्धारण गरेको छ।
यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा कायम गरिएको छ।
यता, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २४ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ८० पैसा र बिक्रीमा ३६ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५ रुपैयाँ २२ पैसा र मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र बिक्रीदर २८ रुपैयाँ ६१ पैसा कायम गरिएको छ।







डिसी नेपाल







Facebook Comment