९ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
३१ जेठ २०८० १०:५०
484
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार २ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रति तोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *