शंकर दास वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

डिसी नेपाल
३२ जेठ २०८० ११:०४
88
Shares

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त भएका  शंकरदास वैरागीले शपथ लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज(विहीबार) वैरागीलाई सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ दिलाएका हुन्।

वैरागीले आज मुख्यसचिवबाट राजीनामा दिएका थिए। उनको राजीनामा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्दै सल्लाहकारमा नियुक्त गरेको हो ।

वैरागीको राजीनामा पछि सरकारले मुख्यसचिवमा डा.बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.