बयानका लागि आयोगले लेखकलाई काट्यो पत्र

डिसी नेपाल
८ पुष २०८२ १५:३७
492
Shares

काठमाडौं । जेनजी आन्दोलन घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि बोलाएको छ।

आयोगले मंगलबार लेखकलाई पत्राचार गर्दै शुक्रबार बयानका लागि बोलाएको हो।

आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन लागेको हो। यससँगै आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *