समाजवादी मोर्चा घोषणालाई छिट्टै अगाडि बढाउने नेकपा एसकाे निर्णय
काठमाडाैं। नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चा घोषणालाई छिट्टै अगाडि बढाउने निर्णय गरेको छ।
पार्टी कार्यालय तीनकुनेमा शुक्रबार बसेको समाजवादी बैठकले आवश्यक तयारी पुरा गर्दै समाजवादी मोर्चा घोषणालाई छिट्टै अगाडि बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
मोर्चामा रहने दलहरुको आन्तरिक तयारी नपुगेका कारण शुक्रबार घोषणा हुने भनिएको समाजवादी मोर्चा केही दिनभित्रै घोषणा हुने उनले बताए।
एक वर्षअघिदेखि नै मोर्चा गठनका लागि नै पहल गर्दै आइरहेको भन्दै उनले मोर्चाको सैद्धान्तिक र व्यवहारिक पक्षका बारेमा बैठकमा चर्चा गरिएको बताए। उनले मोर्चाका संरचना जिल्ला र प्रदेशमा समेत बनाउन सकिने दलहरुबीच सैद्धान्तिक सहमति भएको, लेफ्ट फ्रन्ट बनाउन सहयोगी हुने बताए।
समाजवादी मोर्चा गठनका लागि माओवादी, नेकपा एस, जसपाले पहिल्यै निर्णय गरेपनि विप्लवको नेकपा पनि छलफलमा रहेको छ।
यता नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाबारे बाहिर चलेका हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीसँगको भेटमा उपलब्धिहरूको रक्षा गर्दै समाजलाई अग्रगमनको दिशामा लैजानका लागि बृहत समाजवादी मोर्चा निर्माण गर्न गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी बनेको बताएका छन्।







डिसी नेपाल








Facebook Comment