वामपन्थी एकता अपरिहार्यः झलनाथ खनाल

डिसी नेपाल
४ असार २०८० १८:३७
132
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका सर्वोच्च नेता झलनाथ खनालले सबै वामपन्थी शक्ति एकताबद्ध भएर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन्।

चार दलले समाजवादी मोर्चा घोषणा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने धारणा राखे।

विगतमा भएका क्रान्तिले लिएका उद्देश्यअनुरूप प्रतिफल प्राप्त गर्न नसक्दा कम्युनिस्ट पार्टीहरू छताछुल्ल बनेको बताउँदै उनले समाजवाद ल्याउने उद्देश्यसहित क्रान्तिकारी शक्ति एक ठाउँमा आउनु पर्ने बताए।

मोर्चा सत्तालाई टिकाउने मोर्चामात्रै बन्न नहुने बताउँदै उनले मोर्चा साँचो अर्थमा सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बन्नुपर्ने धारणा राखे।

उनले देशमा अहिले पनि विगतमा कम्युनिस्ट आन्दोलनले उठाएका समस्याहरू कायम रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.