कांग्रेस बैठक : पार्टी बलियो बनाउन नीतिलाई बलियो बनाउनु पर्नेमा जोड
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उहाले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० तत्काल खारेज गर्दै नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम रोक्नुपर्ने बताएका हुन् ।
उनाले विधेयक संसद्बाट पारित भए देशमा दण्डहिनताले संस्थागत रुप लिने बताए । कोइरालाले कांग्रेस सरकारमा छ, भन्ने अनुभूति जनतालाई दिलाउने तर्फ कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई सचेत हुन आग्रह गरे । कांग्रेसले गठबन्धन गरेर ठीक वा बेठीक ग¥यो भनी अब बस्ने समय नभएको भन्दै उनले आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने तयारी गर्ने सपथ खानुपर्ने बताए ।
त्यस्तै कांग्रेस केन्द्रीय डा. प्रकाशशरण महतले अनावश्यक गालीगलौज र नेतृत्वलाई खुलाइने काम भए आगामी निर्वाचनमा एक्लै चूनाव लडेर जित हासिल गर्न कठिन हुने धारणा राखे ।
त्यस्तै कांग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले विधि र विधान कुरा गरेर कांग्रेसलाई कमजोर बनाउने काम भइरहेको भन्दै असन्तुष्टी जनाए । बढि महत्वकांक्षा राखेर विधि र विधान मिचेर हिड्दा समग्र पार्टी नै कमजोर हुने उनले बताए । त्यस्तै उनले टिकट बाँड्ने क्रममा पनि आफुलाई हराउनकै लागि जानीजानी अर्को क्षेत्रमा पठाएपनि आफु सानदार जितका साथ आएको बताए ।
त्यस्तै सदस्यहरुले पार्टीलाई बलियो बनाउनका लागि आरोप प्रत्यारोप भन्दा पनि नीतिलाई बलियो बनाउनु पर्नेमा जोड दिएका थिए । केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेपछि कांग्रेस बैठक सोमबार अपरान्ह ३ बजे पुन बोलाइएको छ । बैठक सोमबार नै सम्पन्न गर्ने कांग्रेसको तयारी छ ।







डिसी नेपाल








Facebook Comment