संवैधानिक परिषदको बैठक बोलाउन प्रमुख तीन दलबीच सहमति

प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी

डिसी नेपाल
१४ साउन २०८० १२:१४
152
Shares

काठमाडौं। प्रमुख तीन दलबीच संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको छ। आइतबार विहान प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलले संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको हो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही शुक्रबार अनिवार्य अवकाश पाउने भएपछि प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्न संवैधानिक परिषद बोलाउने दलहरुबीच सहमति भएको हो।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस संवैधानिक परिषदले गर्ने संवैधानिक प्रावधान छ।

संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशले अवकाश पाउनु एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिको लागि सिफारिस गरिसक्नुपर्छ। तर प्रधानन्यायाधी कार्की अवकाश हुन एक साता पनि बाँकी नरहँदा समेत संवैधानिक परिषदको बैठक आह्वान गरिएको छ।

आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार दलका नेता शेरबहादुर देउवासँग छलफल गरेका थिए।

सो छलफलले संवैधानिक परिषदको बैठक बोलाउने निर्णय गरेको हो। अब प्रधानमन्त्री दाहालले छिट्टै बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.