रवि भन्छन्- घण्टी बजाउने कि लौरो टेक्ने, समयले बताउने छ

डिसी नेपाल
१० पुष २०८२ १५:४०
1.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन शाहबीचको छलफल सकिएको छ। ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच आज लामो छलफल भएको थियो।

छलफल सकेर बाहिर निस्किएका रास्वपा सभापति लामिछानेले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो अनुहार हेरेर बैठकमा के भो भन्ने आकलन गर्न आग्रह गरेका थिए।

‘मेरो अनुहारले के भन्छ?,’ उनले भनेका थिए। सञ्चारकर्मीले अर्को प्रश्नमा लौरो टेक्ने कि घण्टी बजाउने? भनेर सोधेका थिए। जवाफमा रविले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो।’ उनले भेटबारे भने थप खुलाउन चाहेनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *