संवैधानिक परिषद् बैठक बिना निष्कर्ष टुङ्गियो, प्रधानन्यायाधीश सिफारिस अर्को बैठकमा
काठमाडौं। संवैधानिक परिषद्ले अर्को बैठकबाट मात्रै भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने भएको छ ।
सिंहदरबारमा मंगलबार बसेको बैठकमा प्रधानन्यायाधीश लगाएत अन्य संवैधानिक निकायका रिक्त पदहरुका बिषयमा छलफल भएको र अर्को बैठकले निर्णय गर्ने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए।
बैठकमा प्रधानन्यायाधीश सिफारिस गर्ने व्यक्तिको नाममा समेत छलफल नभएको उनले बताए । उनले अर्को बैठकले सवै नियुक्ति सिफारिसमा एकमुष्ट निर्णय गरिने बताए।
संवैधानिक परिषद्को अर्को बैठक साउन १८ गते पाँच बजे बस्ने तिमिल्सिनाले जानकारी दिए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment