गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममाफी हुँदैनः रमेश लेखक

डिसी नेपाल
२१ साउन २०८० २२:४१
24
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता रमेश लेखकले मानवअधिकार उल्लङ्घनका घटनामा संलग्नलाई आममाफी दिन नसकिने बताएका छन्।

मावनअधिकार शान्ति समाजले आज यहाँ आयोजना गरेको संसद्मा प्रस्तुत विधेयकका सम्बन्धमा गरिएको छलफलमा कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतकसमेत रहेका नेता लेखकले गम्भीर प्रकृतिका मानवअधिकार हननको घटनामा सङ्लग्नलाई आममाफी दिन नसकिने बताए ।

“गम्भीर प्रकृतिको मानवअधिकार हननको घटनामा सङ्लग्नलाई आममाफी दिनेगरी सरकारले संसद्मा पेश गरेको विधेयक परिमार्जन गर्न कांग्रेस तयार छ”, उनले भने ।

प्रमुख सचेतक लेखकले मुलुकमा न्याय, शान्ति हुने, हिंसा नहुने, मानवअधिकार रहने, कानुनको शासन पनि जीवित रहने र दण्डहिनता पनि समाप्त हुने ढङ्गले विधेयक संसद्बाट पारित गराउने बताए।

उनले मुलुकमा दण्डहिनताको अन्त्य हुने गरी विधेयकअघि बढाउने विषयमा आफूहरुले गम्भीरता पूर्वक छलफल गर्ने बताए। सशस्त्र द्वन्द्वकालका न्याय निरुपणका लागि भने सङ्क्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकले काम गर्ने उनको भनाइ थियो ।

प्रमुख सचेतक लेखकले मुलुकमा मानवअधिकार, कानुनको शासन र दण्डहिनताको अन्त्य गर्ने कुरामा आफूहरु सदैव सचेत रहेको स्पष्ट पारे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.