सिंहदरबारमा संसदीय दलको बैठक जारी, संसद अवरोधबारे छलफल

डिसी नेपाल
२२ साउन २०८० ९:५७
116
Shares

काठमाडौं। सत्तारूढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बिहान ८ बजेदेखि जारी रहेको हो ।

केन्द्रिय समिति बैठक सम्पन्न गरिएको भोलीपल्ट माओवादीले संसदीय दल बैठक डाकेर संसदमा प्रस्तुत हुने र बिषय छनौट गर्ने बिषयमा छलफल गर्ने बुझिएको छ ।

गत साउन १२ गते देखी भएको संसद्को गतिरोध अन्त्यका लागि पार्टीले संसदमा खेल्ने भूमिका र सरकारको पछिल्ला काम कारबाहीलगायत विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.