एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

डिसी नेपाल
२२ साउन २०८० १३:३६
96
Shares

काठमाडौं। काठमाडाैं। प्रतिपक्षी नेकपा एमालेको विरोधका कारण सोमबार पनि राष्ट्रियसभा बैठक अवरुद्ध भएको छ।

सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गर्दै एमालेका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक अवरुद्ध भएको हो। राष्ट्रियसभा बैठक सुरु हुनेबितिकै एमालेका सांसदहरुले उठेर विरोध जनाएका थिए।

सो क्रममा एमाले सांसद दिल कुमारी रावल थापा पार्वतीले यसअघि गठन भएको छानविन समितिले निष्पक्ष छानविन गर्न नसक्ने भएकाले उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने बताइन्।

राजधानी भित्रै ठूलो परिणाममा सुन गाल्ने मेशिनहरु फेला परेको अवस्थामा सरकार के गरिरहेको छ भन्ने प्रश्नचिन्ह खडा भएको उनले बताइन्। उनले सुन प्रकरण संगठीत अपराधका साथै अन्तराष्ट्रिय छविसँग पनि जोडिएको बिषयलाई सरकारले छानविन गरेर नपुग्ने जिकिर गरिन्।

उनले प्रतिपक्षीले उठाएका सवालहरुको सम्बोधन नभए सदन चल्न नसक्ने स्पष्ट पारिन्।

बैठकमा राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले सहज रुपमा बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दा पनि एमाले सांसदहको विरोध कायमै रहेपछि बैठक साउन २४ गते बुधबार सम्मका लागि स्थगित गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.