एमालेले पुनः गर्‍यो संसद अवरुद्ध, अर्को बैठक भोली बस्ने

डिसी नेपाल
२३ साउन २०८० १८:४२
204
Shares

काठमाडाैं । सरकारबाट उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता नआएको भन्दै नेकपा एमालेले मंगलबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

मंगलबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा गृहमन्त्रीले जवाफ दिने क्रममा उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता नआएको भन्दै एमालेले सदन अवरुद्ध गरेको हो । मंगलबारको बैठकमा सबै दलका प्रतिनिधिहरुले धारणा राखेपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणका बारेमा सदनलाई जानकारी गराएका थिए ।

गृहमन्त्रीले सरकारका तर्फबाट जवाफदेही ढंगले जवाफ नदिएको एमालेले आरोप लगाएको छ । एमाले सांसदहरुले सदनमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रम हटाएर बुधबारसम्मका लागि बैठक स्थगित गरे । त्यसअघि सदनमा सुन प्रकरणका बारेमा जानकारी गराउदै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले राज्यले गर्ने अनुसन्धानलाई विश्वास गर्नुपर्ने धारणा राखे । उनले सुन सम्बन्धमा सीआईबीलाई नै छानबिनको अवसर दिइएको भन्दै ३५ दिनको समयमा सीआईबीले नसके नयाँ शिराबाट छलफल गर्ने र आवश्यक परे छानबिन समिति गठन गर्न सकिने धारणा राखे

उनले सुन प्रकरणका बिषयमा आफुले दिएको अभिव्यक्तिले कसैमाथि चोट पुगेको भए माफी माग्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.