खोलाले बगाएका पुरुषको शव तीन दिनपछि फेला

डिसी नेपाल
२५ साउन २०८० १९:४२
248
Shares

बर्दिबास । मडाहा खोलामा आएको बाढीमा परी बेपत्ता भएका सोनमा गाउँपालिका –१ का ३८ वर्षीय जावीर अंसारीको शव तीन दिनपछि फेला परेको छ।

बाढीले बगाएको तीन दिनपछि अंसारीको शव सोनमा–१ गोवरैया टोलनजिक मडाहा खोलाको पूर्वी बगरमा आज अपरान्ह फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

वर्षा थामिएसँगै बाढी घट्दै गएपछि स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले तीन घण्टा लामो प्रयासपछि शव निकालेको थियो। बाढीको पानी जमेको करिव ५ फिट गहिरो खाल्डोमा खोजीगर्दा डोजरको सहायताले शव वाहिर निकालिएको प्रहरी निरीक्षक मनोज यादवले बताए।

मृतकका आफन्तले सनाखत गरेपछि प्रहरीले मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्ने तयारी भएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *