कञ्चनपुरमा एकैदिन दुई जना मृत अवस्थामा फेला
कञ्चनपुर । कञ्चनपुरमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–३ सुन्दर टोलमा नहरको छेउमा सोहि पालिकाको–६ बनगाँउका २७ वर्षीय लोकेन्द्र पार्की बिहीवार बिहान मृत अबस्थामा फेला परेका हुन्।
यस्तै, बेदकोट नगरपालिका–८ भाँसीका ५२ वर्षीय कालुसिंह सेट्टी दुई दिनदेखी बेपत्ता रहेका थिए। सेट्टीलाई आज बिहान सोहि पालिकाको–७ बसन्तपुर स्थित काङला खोलाको किनारमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment