राष्ट्रियसभा बैठक बस्दै
काठमाडौं। राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बोलाइएको छ।
आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसूची अनुसार बिधायन ब्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राइले संबिधान अनुसार बन्न बाँकी कानुनहरूको अध्यययन प्रतिवेदन २०८० बैठकमा पेश गर्नेछिन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment