कानूनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार

डिसी नेपाल
२६ साउन २०८० २२:०२
104
Shares

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ ।

बिहीबार बिहान एक्कासि रक्तचाप घटेपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको हो ।

मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मुटुको चाप तलमाथि भइरहेकाले ‘हल्टर मोनिटर’ लगाएर ‘अब्जर्वेशन’ भइरहेको जानकारी दिए । मन्त्री गुरुङलाई हाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा रत्नमणि गजुरेल नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.