सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारलाई सघाउन तयार छु : कृष्णबहादुर महरा

डिसी नेपाल
३० साउन २०८० १३:३९
40
Shares

दाङ। पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन्।

सुन तस्करीमा उनको संलग्नता रहेको आशंका गर्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठिरहेका बेला मंगलबार दाङमा पत्रकारसँग कुरा गर्दै महराले अनुसन्धानमा सघाउन आफू तयार रहेको बताएका हुन्।

सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर  बाहिर आएको विषयमा अनुसन्धानका लागि सरकारलाई सघाउन आफू तयार रहेको उनको भनाइ छ । ‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका  लागि सघाउनका निम्ति तयार छु। छानबिनमा सरकारलाई सघाउन तयार रहेको कुरा भन्दै पनि आएको छु। अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु । तर बेलाउँदैनन् त के गर्नु ?,’ उनले भने।

चिनियाँ नागरिक वाङलाई फलफुल व्यापारिका रुपमामात्र चिनेको बताएकाा उनले सुन तस्करी प्रकरणमा विनाकारण आफ्नो नाम मुछिएको आरोप लगाए । वाङको नाम सुन तस्करी प्रकरणमा मुछिएको छ । तर, महराले वाङले आफूलाई भेटेर एक जना साथीको इलोक्ट्रोनिक चुरोट भन्सारमा रोकिएको र भन्सारबाट निकालिदिन भनेर आग्रह गरेको बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.