प्रचण्ड–माधवलाई दक्षिणपन्थी झोलेको संज्ञा दिँदै ओलीले भने– मलाई पार्टीबाटै निकाल्ने षडयन्त्र भएको थियो

डिसी नेपाल
३० साउन २०८० १६:४२
68
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी सरकार बनाउन आफुलाई पार्टीबाटै निकाल्ने षडयन्त्र भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा वाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तत्कालिन अवस्थामा पार्टीको वरिष्ठ नेता हुँदाहुँदै माधव नेपालले आफुलाई पार्टीबाट निकाल्ने षडयन्त्र गरेको र दक्षिणपन्थी सरकार बनाउन खोजेको बताएका थिए ।

आफुलाई पार्टीबाट निकाल्ने षडयन्त्र असफल भएपछि माधव नेपालले प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाउन मद्धत गरेको उनले बताए । दुईतिहाइ कम्युनिस्ट पार्टीको सरकार ढालेर पार्टीमा बसेर सरकार गिराउन भोट दिएको ओलीको भनाइ छ । अध्यक्ष ओलीले वामपन्थी चिन्तनलाई अहिले यथास्थीतिवादी प्रतिकृयावादीहरुले सुन्न पनि नचाहेको बताए । साइनबोर्ड वामपन्थी राखेर स्वार्थ बोकेकाहरुले दक्षिणपन्थी झोला बोकेको उनले टिप्पणी गरे ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई पार्टीको विचार र बुझाईमा एकरुपता ल्याउन चूनौति रहेको भन्दै प्रशिक्षणमार्फत यसलाई समाधान गर्नुपर्ने धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.