प्रवासी नेपाली श्रमिकहरुको साझा संस्था : नेपाली मजदुर एकता समाज

समर्पण भट्टराई
३२ साउन २०८० १०:५४

यो देशमा राज्य व्यवस्था र नागरिकको अवस्था परिवर्तनको निम्ति २००७ साल देखि यता थुप्रै आन्दोलन नभएका पनि होइनन्। व्यवस्था र अवस्था बदल्न्ने भन्दै कयौं राजनीतिक दलहरू नजन्मिएका पनि होइनन्। तर विडम्बना नै भन्नुपर्छ ७२/७३ वर्षको यो अवधिमा वास्तविक रूपमा कुनै परिवर्तन हुन सकेन।

औपचारिकतामा व्यवस्था बदलिएको भएता पनि नागरिकको अवस्था बदलिन सकेन। बरु उल्टै भाडामा श्रमिक हरु उत्पादन गर्ने देशको रूपमा चिनिदै आएको छ आज विश्व श्रम बजारमा हाम्रो देश स्थाइ शान्ति सुशासन कायम हुन नसकेकै कारण आज देश जर्जर संकटग्रस्त अवस्थामा पुगेको छ।

महँगी भ्रष्टाचार झनै चरम उत्कर्षमा पुगेको छ सरकार आज पनि विदेशी हरुको इशारामा नै चलिरहेको महसुस हुन्छ। सत्ताको नेतृत्व वास्तविक जनताको प्रतिनिधिले नभएर विदेशी एजेन्ट र माफियाका प्रतिनिधिहरुले गरिरहेको आभास यतिबेला आम श्रमिकहरुले गरिरहेका छन्। यस्कै परिणामस्वरूप आज देश र नागरिक झन झन कंगाल बन्दै जादैछ यो बारेमा कसैको ध्यान जान सकेको छैन ।

गरिबी र बेरोजगारी समस्या नियन्त्रण बाहिर गइरहेको छ। राज्य कुनै ठुला उद्योग कल कारखानाहरु निर्माण र संचालन गर्न भन्दा पनि भएका हरुलाइ बेचेर कामिशन खाने तिर मात्रै केन्द्रित देखिन्छ। राष्ट्रिय ढुकुटी र सम्पदा विदेश पलायन तिब्र रुपमा भैरहेको छ अनि देश चै वैदेशिक रोजगारीमा गएका श्रमिकको हरुले पठाएको रेमिटान्स बाट चलिरहेको छ।

यहि रेमिटान्स बाट सत्तामा बसेर भत्ता खाएर मोज मस्ती गर्नेहरू लाई न देशको चिन्ता छ न रेमिटान्स पठाउने श्रमिकहरुको नै यति निर्जल लाचार भएको छ। राज्य भनेर साध्य नै छैन अर्कोतिर यतिबेला वैदेशिक रोजगारी नेपालीहरुको वाध्यात्मक विकल्पको रूपमा रहदै आएको छ। श्रमिकहरु चरम शोषण र अन्यायमा छन्।अझ विडम्बना त यो छ कि राहदानी बनाउने प्रक्रिया बाट नै दलाल र बिचौलियाको फन्दामा पर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

अर्कोतर्फ वैदेशिक रोजगारीमा जानको लागि सिधै मेनपावर सम्म पुग्न सक्ने अवस्था छैन राज्यले अन्लाईन मार्फत वैदेशिक रोजगारी आवश्यक प्रक्रिया गर्न सकेको छैन। या बिचौलियाको प्रभावमा भनौ या आर्थिक लाभमा परेर यो व्यवस्था गर्नेतर्फ अग्रसर देखिन्न घर बाटै कयौं विचौलिया हरु मार्फत मेनपावर पुग्ने श्रमिकहरु पुग्नु अगाडी नै लुटिन सुरु भैसकेका हुन्छन् । अनि मेनपावरमा गएर अझ लुटिन्छन किस्ता किस्तामा लुटिदै विदेश पुगेका नेपाली श्रमिकको अवस्था झन कहालीलाग्दो छ।

यहा पनि नेपाली हरुका थुप्रै लुट धन्दा चलाउने श्रोत र बाटाहरु खडा गरेका छन्। उनीहरुले नेपाली हरु नै लुट्छन्। नेपाली हरुले नै कसैले नेट्रोकिङ बिज्नेस त कसैले विभिन्न संघ संस्थाको नाम सदस्य बनाएर तिनै सोझा सिधा श्रमिक लाई लुटेर आफ्नो महल बनाउने दौड धुपको अभियान चलाइरहेका हुन्छन्। विदेश मै पनि कोहि ले हामी नै तिमिहरुको अभिभावक भन्दै लुटछन कोहि नेपाल बाट नै इमोशन्ल ब्ल्याक मेल गर्दै विभिन्न अभियान मार्फत दबाब र प्रभावमा पारेर लूट धन्दा चलाइरहेका छन्।

यो बारेमा सरकार जानकार भएर पनि बेखबर बनेको छ। यिनै श्रमिकहरु दुख पीडा अप्ठ्यारामा र अन्यायमा पर्दा न ती अभिभावक हौ भन्ने हरुले साथ दिन्छन्।न त सामाजिक अभियान चलाएर लुटिखाने अभियान्ता भनिनेहरुले नै साथ दिएका छन् । रेमिटान्सले देश चलेको बताउँदै गर्व गर्ने सरकार आफैं गैरजिम्मेवार देखिएको छ। मुलुकका राजनीतिक दलका भातृ संगठनहरु पनि यो विषयमा मौन देखिन्छन् । बरु उनिहरु त महिनैपिच्छे कसरी लेबि उठाएर केन्द्रीय कार्यालय चलाउने र नेताहरूको प्रिय हुने दौडमा सक्रिय रहँदै आएका छन्।

हामी नेपालीहरु यस्तो विडम्बनापूर्ण अवस्थामा रहन बाध्य छौं। नेपाली श्रमिकहरुको यस्तो दर्दनाक अवस्थामा मजदुरहरु वास्तविक अभिभावक बनेर राजनीतिक छत्रछाया भन्दा बाहिर रहेर मजदुर एकता समाज गठन भएको छ। मजदुरका लागि मजदुर भन्ने मुल नारा सहित आम मजदुरहरुको साझा संस्थाको रूपमा २८ जुलाई २०१९ का दिन मलेशियाको क्वालालम्पुर बाट औपचारिक रूपमा स्थापना भएको छ । नेपाली मजदुर समाज यतिबेला आफुलाइ मजदुर हरुको साझा अभिभावक बनाउन प्रयासरत रहेको छ।मजदुर हरुको पिडालाई बुझ्न र सम्बोधन गर्न मजदुर आफैले नै नेतृत्व लिनुपर्छ भन्ने अठोट सहित अगाडी बढिरहेको छ।

तसर्थ एक पटक सम्पुर्ण नेपाली श्रमिकहरु एकतावद्द र एक जुट भएर अगाडि बढने हो भने यी र यस्ता थुप्रै समस्या हरुको समाधान गर्न हामी आफै सक्षम छौं। अन्य धेरै कुराहरु हामी आफैं गर्न सक्षम छौं।आफ्ना समस्याहरु समाधान गर्न मात्रै होइन नयाँ राष्ट्र निर्माणमा पनि हामीले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने ल्याकत राख्छौं।

हामीले एकता नै सबैभन्दा ठूलो शक्ति हो भन्ने कुरालाई आत्मसात गर्दै सम्पुर्ण स्वदेश तथा विदेशमा विभिन्न क्षेत्र र भूगोलमा कार्यरत हामी नेपाली श्रमजीवीहरु गोलबन्द बन्न आग्रह गर्दछौं। हाम्रो पीडा र समस्यालाई सम्बन्धित निकाय सम्म पुर्याएर हामी माथिको उत्पीडन, अन्याय र शोषण लाई सधैंका लागि सबैका लागि अन्त्य गर्ने प्रण गरौं। यो नै नेपाली मजदुर एकता समाजको मूलभूत उदस्य र प्रमुख कार्यभार हो ।

(लेखक नेपाली मजदुर एकता समाजका केन्द्रीय महासचिव हुन्।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *