एमाले बागमती प्रदेशको नेतृत्व छान्न मतदान जारी

डिसी नेपाल
१२ असोज २०८० १३:५६
36
Shares

काठमाडौं। नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

पार्टी मुख्यालय च्यासलमा सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। एमाले बागमतीको नेतृत्वका लागिरामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएका थिए। तर, अब ढुंगेल र दाहाल बीच मात्रै प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा छन् भने मकवानपुरका दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन्।

बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने भनिएकाे थियाे। तर, सहमतिकाे प्रयासका लागि हिजाे मतदान गराएकाे थिएन। जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.