एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

डिसी नेपाल
१२ असोज २०८० २३:४७
156
Shares

काठमडौं । नेकपा एमालको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा ढुंगेल विजयी भएका हुन् । उनले अर्का प्रत्यासी कृष्णप्रसाद दाहाल पराजित गरे ।

अन्तिम मतपरिणमअनुसार ढुंगेलले ६९६ मत पाएर विजयी भए भने दाहालले ४३९ मत पाए । यस्तै उपाध्यक्षमा दावादोर्जे लामा तथा सचिवमा नवराज सिलवाल विजयी भएका छन् । सिलवाल एक मतले विजयी भएका हुन् ।

पार्टी कार्यालय च्यासलमा सम्पन्न भएको मतदानमा कुल एक हजार १३५ मत खसेको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.