सुन तस्करी प्रकरण : आयोग आजै गठन गर्न नेताहरु सकारात्मक
काठमाडाैं। दलहरुबीच सुन तस्करी प्रकरणमा थप छानबिन र अनुसन्धान गर्नेगरि जाँचबुझ आयोग बनाउने सहमति भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तापक्ष र प्रतिपक्ष दलको बैठकमा विधुतिय चुरोट, ब्रेक सुलगाएतमा भएको सुन तस्करीको छानबिनको अध्ययन गर्ने र तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र यसमा संलग्न व्यक्तिका सन्दर्भमा थप छानबिन गर्ने गरि आयोग बनाउने सहमति भएको हो।
उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउने र कार्यावधि ३ महिनाको हुने एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।
तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण र मौजुदा कानूमा गर्नुपर्ने परिमार्जन, संचनागत सुधार र पटक पटको सुन तस्करी सम्बन्धमा सरकारका बिभिन्न निकायबाट भएका छानविन अनुसन्धानको समेत अध्ययन गरि थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप अनुसन्धान गरि कानून बमोजिम कारवाहीका लागि आयोगले सिफारिस गर्न सक्ने उनले बताए।
त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले यसअघि भएको सहमति अनुसार असाजे ५ गते जाँचबुझ आयोग बनाउने निर्णयअनुसार नै जाँचबुझ आयोग बनाउने सहमति भएको बताए। उनले सरकारका निकायहरुले गरेका अनुसन्धानलाई पनि लिने र नपुगेको भए थप गरेर अघि बढ्न सक्ने निर्णय भएको जिकिर गरे।
त्यस्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यसअघि दलहरुबीच भएको सहमति अनुसार नै कार्यादेश हुने जिकिर गरे। अहिले आयोगको समयावधि तीन महिनाको हुने र आवश्यक परे म्याद थप गर्न सकिने बताए। बैठकमा दलहरुले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोध गर्दै फिर्ता लिन माग गरेका थिए।







डिसी नेपाल








Facebook Comment