रुस र चीनले समुद्रमुनि गोप्य सुरुङ बनाउँदै
A view shows the Crimean bridge connecting the Russian mainland with the peninsula across the Kerch Strait, Crimea, July 17, 2023. REUTERS/Stringer
काठमाडौं । रुस र चीनले समुद्रमुनि गोप्य सुरुङ निर्माणका लागि सँगै छलफल गरिरहेका छन् । यो १७ किलोमिटर लामो सुरुङले रुसलाई क्रिमियासँग जोड्नेछ। वासिङ्टन पोस्टका अनुसार दुवै देशका व्यापारीले रुस–क्रिमिया सुरुङ परियोजनाबारे छलफल गरेका छन् ।
रुस र चीनबीचको निकटता पुरानो हो तर यहाँ अचम्मको कुरा चीनले रुसलाई मान्यता नदिएको क्षेत्रमा परियोजनामा सहयोग गर्ने सोचिरहेको छ । वास्तवमा रुसले सन् २०१४ मा क्रिमिया कब्जा गरेको थियो । चीनले यो कदमलाई अहिलेसम्म मान्यता दिएको छैन। सरल शब्दमा भन्नुपर्दा चीनले अझै पनि क्रिमियालाई रुसको हिस्सा मान्दैन।
रिपोर्टका अनुसार रुस र चीनबीच छलफल भइरहेको गोप्य समुद्रमुनिको सुरुङलाई केर्च ब्रिजको विकल्पको रूपमा हेरिएको छ। वास्तवमा रुस-युक्रेन युद्धको क्रममा अक्टोबर ८, २०२२ मा युक्रेनी सैनिकहरूले केर्च ब्रिजमा आक्रमण गरे। विस्फोटबाट पुलको एक भाग भत्किएको थियो ।
वासिङ्टन पोस्टको रिपोर्टका अनुसार चिनियाँ रेलवे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) ले आफ्ना कर्मचारीहरूले क्रिमियामा रेलमार्ग र सडक निर्माणसम्बन्धी परियोजनाहरू पूरा गर्न तयार रहेको बताएको छ । सीआरसीसी चिनियाँ सरकारी कम्पनी हो।
रिपोर्टले रुसी व्यापारी भ्लादिमिर कल्युज्नीको इमेललाई उद्धृत गर्दै उनले सुरुङ परियोजनाका लागि ठेकेदारको रूपमा काम गर्न इच्छुक रहेको दाबी गरेको छ । तर, कल्युज्नीले यसलाई अस्वीकार गरे । उनले रुस र सीआरसीसी बीच कुनै पनि प्रकारको सहयोगको बारेमा कुरा गर्न स्पष्ट रूपमा अस्वीकार गरे।
केर्च ब्रिज रूसको लागि सैन्य रूपमा धेरै महत्त्वपूर्ण छ। बदला लिन रुसले युक्रेनका धेरै सहरमा ८० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । रुसले सन् २०१४ मा युक्रेनी भूभाग क्रिमियालाई गाभेको थियो । यसपछि यस क्षेत्रलाई रुससँग जोड्न समुन्द्रमा केर्च ब्रिज बनाइएको थियो । यो पुललाई रुसले क्रिमिया कब्जा गरेको प्रतीकको रुपमा हेरिन्छ ।
रसियालाई क्रिमियासँग जोड्ने केर्च ब्रिज युरोपको सबैभन्दा लामो पुल हो । यसको लम्बाइ १९ किलोमिटर छ। यसलाई क्रिमिया ब्रिज पनि भनिन्छ। मे २०१८ मा, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रक चलाएर यसको उद्घाटन गरेका थिए।
रुसले ३.७ अर्ब डलरको लागतमा यो पुल बनाएको हो । त्यहाँ दुईवटा रेलमार्ग र चार लेनको सडक छ। यो पुल पुटिनका निकट सहयोगी र पूर्व जुडो पार्टनर अर्काडी रोटेनबर्गको फर्मले बनाएको हो।
२०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा बेइजिङ पुगेका थिए। यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए ।
यस अवधिमा उनले ताइवानलाई चीनको अभिन्न अंग भएको स्वीकार गर्दै साथै कुनै पनि रूपमा स्वतन्त्रताको लागि ताइवानको दावीलाई अस्वीकार गरेका थिए ।
बैठकपछि जारी संयुक्त विज्ञप्तिमा रुसले ‘एक चीन’को सिद्धान्तलाई समर्थन गर्ने बताएको थियो । बदलामा चीनले पनि युक्रेनलाई लिएर अमेरिकासँग चलिरहेको तनावमा रुसलाई समर्थन गरेको थियो ।







डिसी नेपाल








Facebook Comment