आजको बिदेशी मुद्राको बिनिमय दर, क्यानेडियन डलर ९९ रूपैयाँ नाघ्यो
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ८४ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसामा कारोबारको अनुमति दिएको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २७ पैसा र बिक्री दर १६९ रुपैयाँ ०३ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८८ रूपैयाँ ०१ पैसा तथा बिक्री दर ८८ रूपैयाँ ४० पैसा, क्यानेडियन डलर ९८ रूपैयाँ २९ पैसा तथा बिक्री दर ९९ रूपैयाँ ९३ पैसामा कारोबार गर्न अनुमति दिएको छ।
जापानी येन १० को खरिददर ९ रूपैयाँ ०१ पैसा तथा बिक्री दर ९ रूपैयाँ ०५ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७३ पैसा कायम गरिएको छ।
साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६५ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २५ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ४२ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment