कोशी प्रदेशका बिना बिभागीय तीन मन्त्रीको जिम्मेवारी तोकियो
विराटनगर। कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
मुख्यमन्त्री केदार कार्कीले यसअघि बिना बिभागीयको जिम्मेवारीमा रहेका तीन मन्त्रीलाई जिम्मेवारी दिएका हुन्।
जसअनुसार भौतिक पूर्वाधार मन्त्रालयमा कमलप्रसाद जबेगु, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शम्सेर राई र पर्यटन वन तथा वातावरण मन्त्रालयमा गणेश उप्रेतीलाई जिम्मेवारी तोकिएको छ।
यसरी जिम्मेवारी तोकिएको तीन मन्त्रीहरू तीन पार्टीका हुन्। जसअनुसार कानुन मन्त्रालयको जिम्मेवारी पाएका राई नेपाली कांग्रेसमा शेखर कोइराला समूहका हुन् ।
पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका उप्रेती नेकपा माओवादीका हुन भने भौतिक मन्त्रालयका जिम्मेवारी पाएका जबेगु नेकपा एकीकृत समाजवादीका हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment