सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला १ लाख २१ हजार
काठमाडौं। नेपाली बजारमा सुनको भाउ आकासिएको छ। बिहेको लगनका कारण पनि पछिल्लो समयमा दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको छ, जसअनुसार आज सुनको भाउ प्रतितोला १ लाख २१ हजार ६ सय पुगेकाे छ।
आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो। नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १५४५ रुपैयाँमा नै हिजोका भाऊमा नै स्थिर रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment