यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१९ मंसिर २०८० ८:३५

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७९ पैसा र बिक्री दर १४५ रुपैयाँ ४४ पैसा रहेको छ ।

यस्तै, आज बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७९ पैसा र बिक्री दर १६९ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *