ह्वात्तै घट्यो सुनको मूल्य

डिसी नेपाल
१९ मंसिर २०८० १२:५८

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ।

सोमबारको तुलनामा मंगलबार २ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *