सेयर बजार दोहोरो अंकले ओरालो
काठमाडौं। सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार १०.१० अंकले ओरालो लागेको सेयर बजार १८३७.७१ विन्दुमा आएर बन्द भएको छ।
यसदिन २९२ कम्पनीका ३८ हजार ५८४ पटक भएको कारोबारमा ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार ४३८ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार ६२ कम्पनीको सेयरमूल्य उकालो लाग्दा १६१ कम्पनीको ओरालो लागेको छ भने १४ कम्पनीको स्थिर रहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment