आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

डिसी नेपाल
१९ मंसिर २०८० १९:५९

काठमाडौं । आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लु कमार्सिअल भेईकल प्रालिले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

टंगालस्थित बतास एमएडब्लुका सीईओ दीपककुमार अग्रवाल, बतास एमएडब्लु कम्पनीजका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका मार्केटिङ हेड रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

क्यासलेस योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्स गाडीका खरिदकर्ताहरू बतास एमएडब्लुका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् ।

क्यासलेस इन्स्योरेन्स अन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बीमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ । बाँकी रकम बीमा कम्पनी र बतास एमएडब्लुबीच कारोबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *