सुनको भाउ दुई दिनमै ३२०० रुपैयाँले घट्यो

डिसी नेपाल
२० मंसिर २०८० १३:०७

काठमाडौं। सुनको भाउ ओरालो लाग्न थालेको छ। मंगलबार २४ सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ८०० रुपैयाँले घटेको छ।

बुधबार तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार र बुधबार गरेर सुनको भाउ ३२ सय रुपैयाँले घटेको हो। यस्तै बुधबार चाँदीको भाउ तोलामा नै २० रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *