सेयर बजार दोहोरो अंकले बढ्यो, ३ अर्ब रकमको कारोबार

डिसी नेपाल
२१ मंसिर २०८० १५:५०

काठमाडौं। सेयर बजार बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार ११.७३ अंकले वृद्धि भएको सेयर बजार १८५२.७७ विन्दुमा आएर बन्द भएको छ।

यसदिन २९९ कम्पनीको ५३ हजार १४६ पटक भएको कारोबारमा ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ।

यसदिन १७५ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ५७ कम्पनीको ओरालो लागेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *