२०० रुपैयाँले बढ्यो सुनको मूल्य

डिसी नेपाल
२२ मंसिर २०८० १२:०१

काठमाडौं। सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २०० रुपैयाँ बढेर छापावाल सुन तोलामा १ लाख १८ हजार ८०० रुपैयाँमा र तेजाबी सुन तोलामा १ लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज स्थिर रहेर तोलामा २ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *