१३ सयले घट्यो सुनको मूल्य

डिसी नेपाल
२४ मंसिर २०८० १२:०२

काठमाडौं। नेपाली बजारमा अघिल्लो हप्ता रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ। आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ। अस्ति, शुक्रवार सुनको भाउ तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ थियो।

अघिल्लो हप्ता सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो। त्यसपछि भने भाउमा उतारचढाव आएको थियो।

यस्तै, अहिल्लो हप्ता महँगो भएको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज चाँदीको भाउ तोलाको एक हजार ४ सय २५ रुपैयाँ तोकेको छ।

अघिल्लो हप्ता चाँदीको भाउ तोलाको एक हजार ५ सय ४५ रुपैयाँसम्म पुगेको थियो । अस्ति शुक्रवार भने चाँदीको भाउ एक हजार ४ सय ६० रुपैयाँ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *