सेयर बजारमा उछाल, दुई पटक लाग्यो सकारात्मक सर्किट

डिसी नेपाल
२४ मंसिर २०८० १२:०९

काठमाडौं। सेयर बजारमा उछाल आएको छ। चालु साताको पहिलो कारोबार दिन आइतबार बजारमा दुई पटक सकारात्मक सर्किट लागेको छ।

बजार खुलेको ५ मिनेटमै सकारात्मक सर्किट लागेको बजार पुनः खुलेलगत्तै फेरि सकारात्मक सर्किट लागेको हो। पहिलो सर्किट ब्रेकपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो।

बजार खुलेको पहिलो ५ मिनेटमा नै ४ प्रतिशतले बढेर सर्किट लागेपछि बजार २० मिनेटको लागि बन्द भएको थियो भने दोस्रो पटक खुलेको बजारमा पनि २ मिनेट मात्रै कारोबार भएर सर्किट लागेको छ। अब १२ बजेर ७ मिनेट २९ सेकेन्डमा मात्र सेयर कारोबार खुल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *