एनटी फाइबर प्रविधिका सेवाग्राहीलाई निःशुल्क डाटा सुविधा
काठिमाडौं। एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीले अब परीक्षणको रुपमा एक महिना सम्म डाटा सुविधा निःशुल्क प्रयोग गर्न सक्ने भएका छन्।
नेपाल टेलिकमले आज (सोमबार) देखि लागू हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिना सम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको छ।
यो सेवा प्रयोग गर्नका लागि १९८–१ १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ। त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिने नेपाल टेलिकमले जनाएको छ।
एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ। एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८-१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment