मुलुकको अवस्थासँगै जनताको अवस्था बदल्न एकतावद्ध भएर अघि बढ्नुपर्छ : मन्त्री शर्मा

डिसी नेपाल
३० मंसिर २०८० १७:३६
12
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अवस्थासंगै जनताको अवस्था बदल्न एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएकी छन् ।

मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले मुलुकको अवस्था परिवर्तन भएपछि सन्तोषजनक रुपमा जनताको अवस्थामा परिवर्तन हुन नसकेको भन्दै जनताको अवस्था बदल्न एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएकी हुन् । व्यवस्था परिवर्तनका लागि एकता भएजस्तै व्यवस्थाको सुदृढिकरणका साथै देखिएका समस्या समाधानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनले बताइन् ।

उनले अहिले राजनीतिक, साहित्यिक लगाएतका क्षेत्रमा निष्ठाको खडेरी देखिएकाले निष्ठाको खडेरी चिर्ने चूनौति रहेको जिकिर गरिन् । मन्त्री शर्माले चेतनाको अन्तरविरोधलाई तोड्दै संविधानले दिएको अधिकारहरुको पूर्णप्रयोगको अवस्थामा जनतालाई पुर्‍याउनुपर्ने बताइन् ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको थियो भने खसानी गोष्ठीपत्र विशेषाङ्क लोकार्पण गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.