मिसन ८४ मा दलहरुको आँखा लाग्यो चाँडै मिसन ८० सार्वजनिक गर्छौं : सभापति लामिछाने

डिसी नेपाल
३० मंसिर २०८० १९:२०
56
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका छन् ।

शनिबार रास्वपा काठमाडौं क्षेत्र नंं ९ ले नैकापमा आयोजना गरेको खुलासभामा लामिछानेले रास्वपाको मिसन ८४ मा दलहरुको आँखा लागेकाले चाडै मिसन ८० सार्वजनिक गर्ने बताएका हुन् । उनले मिशन २०८४ लाई जनताले साथ दिए एकैपटक बेतिथीलाई अन्त्य गर्न सक्ने दावी गरे । उनले मिशन २०८४मा अन्य दलको दावा हो भने ८४ सम्म रास्वपालाई सरकार चलाउन दिए ८४ मा प्रचार नगरि निर्वाचन लड्ने जिकिर गरे । उनले हरेक दिन एउटा एउटा काण्ड आउने गरेकोले विरोध र आन्दोलन गरेर साध्य नहुने बताए ।

त्यस्तै उनले रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अन्य दलहरुले आगामी राष्ट्रियसभा निर्वाचनमा एक्लै चूनाव लड्ने आट गर्न नसकेको जिकिर गरे । ठूला भनिएका दलहरुले मदन–वीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरुसँग सुशासनको एजेण्डामात्र भएको बताए ।

सभापति लामिछानेले नेताहरुले आफन्तलाई भागबण्डा गरेर देश डुबाएको आरोप लगाउदै अव ठूला दलका कुनै नेताले देश बनाउछ भनेर विश्वास गर्न नसकिने धारणा राखे । उनले आगामी निर्वाचनमा जनताले चुनेरै पठाएका व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गर्दै आफ्नै एजेण्डा र मुद्दा बोकेर अगाडी बढ्ने स्पष्ट पारे ।

त्यस्तै रास्वपा कोषध्यक्ष लिमा अधिकारीले गरिवी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आउदो पुस्ताको भविष्यमाथि प्रश्न उठ्न थालेको बताए । उनले विगत ६ महिनामा भ्रष्टाचारका धेरै काण्ड आएपछि निष्पक्ष छानविन हुन नसकेको जिकिर गरे ।

अधिकारीले विभिन्न काण्ड मचाउनेहरुले राज्यमा बसेकाहरुलाई अनुचित लाभको प्रलोभन देखाएर लोकतन्त्रको खिल्ली उडाएको धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.