एमालेको ‘संकल्प यात्रा’ चिवाभञ्ज्याङ पुगेर समापन (तस्वीरहरू)

डिसी नेपाल
१ पुष २०८० १३:००
52
Shares

काठमाडौं । एमालेले १८ दिन दिनअघि मध्यपहाडी राजमार्गमा सुरू गरेको समृद्धि संकल्प यात्रा आज समापन गरिएको छ । पाँचथरको चिवाभञ्ज्याङ पुगेर यात्रा समापन गरिएको हो ।

टोली आज साँझ फर्केर पाँचथरको फिदिममा बास बस्ने कार्यक्रम छ। फिदिमबाट करिब ५० किलोमिटरको दुरीमा रहेको चिवाभञ्ज्याङमा पुगेर अध्यक्ष केपी शर्मा ओलीले नेपाल भारत सिमानामा राष्ट्रिय झण्डा फहराएका छन् ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नाराका साथ मध्यपहाडका समस्याको पहिचान र समाधानका उपाय खोज्न मंसिर १४ गतेबाट एमालेले संकल्प यात्रा सुरू गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.