प्रि-ओपन सेसनमा नेप्से साढे ४ अंकले वृद्धि
काठमाडौं। प्रि–ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले वृद्धि भएको छ ।
चालु साताको तेस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा ४.५६ अंकले वृद्धि भएको नेप्से परिसूचक २०६५.०६ अंकले पुगेर बन्द भएको छ ।
यस सेसनमा ५५ कम्पनीका १५१ पटक भएको कारोबारमा १० हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ३८ लाख १८ हजार ८२२ रुपैयाँको कारोबार भएको छ।
यस सेसनमा ३६ कम्पनीको सेयर मूल्य बढ्दा १३ वटाको घटेको छ भने ४ वटाको स्थिर रह्यो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment