सुनको मूल्य बढ्याे
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। कारोबार साताको दोश्रो दिन सोमबार स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको तेश्रो दिन मंगलबार भने बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २०० रुपैयाँले बढेसँगै छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment