पूर्वमन्त्री न्यौपानेको निधन

डिसी नेपाल
४ पुष २०८० १३:१२
200
Shares

मान्म (कालीकोट)। नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ। कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा निधन भएको हो।

मिर्गौला रोगपीडितसमेत रहेका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त रहेका अधिवक्ता उमाकान्त न्यौपानेले बताए। उनका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो।

दुई छोरा र तीन छोरी रहेका न्यौपानेका एक छोरा दुबईमा रहेकाले उनी दुबईबाट नेपाल फर्केपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने न्यौपानेले जानकारी दिए।

विसं २०५१ मा कालीकोटमा नेकपा (एमाले)बाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायक राज्यमन्त्री भएका थिए।

कालीकोटको रास्कोट नगरपालिका-८ को फुकोट गाउँमा जन्मिुएका न्यौपाने साविकको फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.